२९ आश्विन २०८३, बिहिबार

काडिजमाथि रियल म्याड्रिड ३-० ले विजयी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले काडिजमाथि सहज जित हासिल गरेको छ ।

गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले ३-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा ब्राहिम डियाज, जुडे बेलिङघम र जोसेलुले एकएक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको ३४ खेलमा ८७ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ  र अब लिगको यस सिजनको उपाधि जितको नजिक पुगेको छ ।

त्यस्तै, काडिजको ३४ खेलमा २६ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।