शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

दैनिक नेपाल २०८१ वैशाख २३ गते ६:०१

कैलाली, २३ वैशाख । कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर शनिबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापती रहेको जनाइएको छ ।

घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रममा माटोको ढिस्कोमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिनुभयो । सिजापतीको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित