शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा

दैनिक नेपाल २०८१ वैशाख २२ गते २१:२६

काठमाडौं, २२ वैशाख । बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमबार प्रदेशमा सार्वजनिक विदा दिने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै वैशाख २४ गते सार्वजनिक विदा दिइने जनाएको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘२०८१/०१/१२ को बैठकले नेपाली भाषा अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा २०८१ साल वैशाख २४ गते सोमबारमा विदा दिइने छ ।’

प्रतिक्रिया
सम्बन्धित