८ असार २०८३, सोमबार

मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २२ वैशाख । थानकोट-चन्द्रागिरी-चित्लाङ सडकमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

शनिबार दिउँसो कम्प्याक्टर दुर्घटना हुँदा सडक मर्मतमा खटिएका एक जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा नुवाकोटका २९ वर्षीय सागर भण्डारी रहेको इलाका प्रहरी कार्यालय चित्लाङले जनाएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्याम थापामगरले जानकारी दिनुभयो ।

प्रहरीले कम्प्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।