२५ जेष्ठ २०८३, सोमबार

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजको ‘प्लेयर अफ द सिरिज’ बनेका छन् ।

कप्तान रोहितले यस सिरिजमा सर्वाधिक २६५ रन बनाएका थिए । जसमा एक शतक र २ अर्धशतक बनाएका थिए ।

त्यस्तै, यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेस्ट इन्डिज ‘ए’का जोन्सन चार्लेज सिरिजको बेस्ट ब्याट्सम्यान बनेका छन् भने ८ विकेट लिएका वेस्ट इन्डिज ‘ए’ का ओबेड म्याककोय सिरिजको बेस्ट बलर बनेका छन् ।

५ खेलको सिरिज वेस्ट इन्डिज ‘ए’ले ३-२ ले जितेको छ ।