शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बाजुरामा एक महिलाको शव फेला

दैनिक नेपाल २०८१ वैशाख २२ गते १८:०५

बाजुरा, २२ वैशाख । बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा अन्दाजी ३० वर्षीया एक महिला मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मृत महिलाको पहिचान खुल्न सकेको छैन् । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया
सम्बन्धित