१९ असार २०८३, शुक्रबार

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण बढेको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले प्रदूषण नियन्त्रणका लागि दबाब दिन प्रदर्शन गरेको हो ।

शनिबार युनियनका अध्यक्ष नेत्र चापागाइँको नेतृत्वमा प्रदर्शन गर्दै विद्यार्थी नेताहरुले बढ्दो वायु प्रदूषण नियन्त्रणका लागिसरकारसँग माग गरेका हुन् ।

उनीहरुले ‘स्वास्थ्यमाथि खेलवाड बन्द गर, स्वस्थ्य वातावरण सुनिश्चित गर’, ‘कुखुरी काँ, धुलो खुवा खाँ’, ‘नेता बस्छन् एसीमा, जनता डढेलो धुवाँमा’, ‘अब आँखा खोलौं, वायु प्रदुषण रोकौं’लगायतका नारा लेखिएका प्लेकार्ड बोेकेका थिए ।

देशभर आगलागी र डढेलो बढेका कारण देशभर वायु प्रदूषण बढेको छ ।

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको पहिलो स्थानमा छ । एक सातादेखि काठमाडौंको आकाश धुम्म भएको छ । चिकित्सहरुले घरबाहिर निस्किदा मास्क लगाएर मात्र निस्कन आग्रह गरेका छन् ।