शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १७३ रनको लक्ष्य

दैनिक नेपाल २०८१ वैशाख २२ गते १४:०३

काठमाडौं, २२ वैशाख । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो ।

वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथानाजले सर्वाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका थिए ।

त्यसैगरी, जोन्सन चार्लेजले २४, म्याथ्युज फोर्डले २३ रन बनाएका थिए ।

त्यसैगरी, नेपाली बलर सागर ढकाल र सोमपाल कामीले ३/३ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित