२५ असार २०८३, बिहिबार

चितवनमा गैंडाको आक्रमणबाट ७२ वर्षीय वृद्ध घाइते

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २२ वैशाख । चितवनको भरतपुर महानगरपालिका-२२ पटिहानीमा शुक्रबार गैंडाको आक्रमणबाट एकजना घाइते भएका छन् ।

घाइते हुनेमा भरतपुर महानगरपालिका-२२ पटिहानीका ७२ वर्षीय टंकबहादुर पाण्डे रहनुभएको छ । पाण्डेलाई आफ्नै मकै बारीमा काम गर्ने क्रममा जंगली गैंडाले आक्रमण गरी घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

गैंडाको आक्रमणबाट घाइते पाण्डेको शरीरको विभिन्न भागमा चोट लागेको छ । उहाँलाई उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।