शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

वर्तमान सरकारको आयु लामो छैन् : प्रकाशशरण महत

दैनिक नेपाल २०८१ वैशाख २२ गते १३:०६

काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो नभएको बताउनुभएको छ ।

शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको अन्तरक्रियामा उहाँले वर्तमान सरकारको आयु चाँडै टुंगिने बताउनुभयो । उहाँले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाँडै टुङ्गिनेवाला छ । र चाँडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होइन्, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चहान्छु ।’

यस्तै, उहाँले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने भन्दै यसमा बहस चलाउन आवश्यक भएको पनि बताउनुभयो । उहाँले नेपालको राजनीति कांग्रेसको कारणले अन्यौलग्रस्त नभएको भन्दै अस्थिरता निम्ताउने र त्यसमा रमाउने प्रवृत्तिलाई निस्तेज गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीति नेपाली कांग्रेसको कारणले अन्यौलग्रस्त भएको होइन् । कांग्रेसको कारणले अस्थिरता आएको होइन् । जसले अस्थिरता निरन्तर रुपमा निम्ताई रहेका छन् त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ । नेपालको विकासको लागि घातक छ । नेपालको उन्नती र देशमा रोजगारी सिर्जनाको लागि घातक छ ।’

प्रतिक्रिया
सम्बन्धित