१ कार्तिक २०८३, शनिबार

हेमन्तको ‘जाउँ साइँली बेनी बजार’मा प्रकाश र अन्जली

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । स्वर्गीय लोकगायक पदम विष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत ‘जाउँ साइँली बेनी बजार’लाई गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइलीले पुन रेकर्ड गराउनुभएको छ ।

रसाइली र गायिका भट्टराईको स्वरमा यो गीत पुनः रेकर्ड भएको हो । मौलिक झ्याउरे लोकदोहोरी शैलीमा तयार गीतकको भिडियो पनि बनेको छ । भिडियोमा प्रकाश सपुत, अञ्जली अधिकारी, सुनिल विक र दीपा शाहीको अभिनय छ ।

भिडियोका निर्देशन सुनिल विकले गर्नुभएको हो । रोशन विश्वकर्माको कोरियोग्राफी र करन चैसिरको छायाङ्कन भिडियोमा छ ।

गीतको शब्द स्वर्गीय विष्ट र सपना रसाइलीले लख्नुभएको हो । संगीत भने स्वर्गीय विष्टकै रहेको छ । पुराना गायक तथा संकलकहरुको सम्मानमा गीतलाई पुनः रेकर्ड गरिएको गायक रसाइलीले बताउनुभयो ।