२२ असार २०८३, सोमबार

वेस्ट इन्डिज ‘ए’ विरुद्ध टस हारेर पहिला बलिङ गर्दै नेपाल

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँचौँ तथा अन्तिम खेल आज हुँदैछ । टियु मैदानमा हुने यस खेलमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

जारी सिरिज वेस्ट इन्डिज ‘ए’ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिजले सिरिज ३-१ ले जितिसकेको छ । यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन खेल लगातार वेस्ट इन्डिज ‘ए’ले जितेको थियो ।

यस खेलमा नेपालले दुई परिवर्तन गरेको छ । आजको खेलमा गुलशन झा र ललित राजवंशीको ठाउँमा सागर ढकाल र अनिल साहलाई टिममा समावेश गरिएको छ ।

नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र सागर ढकाल रहेका छन् ।