२६ जेष्ठ २०८३, मंगलबार

जापान पठाइदिने भन्दै ठगी गरेको अभियोगमा २ जना पक्राउ

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भन्दै आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई २ सय १९ जनालाई ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नियोनि एजुकेशनल कन्सल्टेन्सीका सञ्चालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी बस्ने ३५ वर्षीय नारायण बहादुर राई भन्ने राजन श्रेष्ठ र सोही कन्सल्टेन्सीमा आवद्ध झापा गौरादह नगरपालिका-१ घर भई ललितपुर भैसीपाटी बस्ने ४६ वर्षीय पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डे रहेका छन् ।

उनीहरूले विभिन्न व्यक्तिको नागरिकता दुरूपयोग गरेको, विदेश जान चाहने युवायुवतीहरूलाई ४ लाखदेखि ७ लाख रूपैयाँ सम्म उठाउने गरेको, बैंक खातामा २ सय भन्दा बढी व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई एटिएम कार्ड, कनेक्ट आइपिएस तथा चेकमार्फत रकम निकाली दुरूपयोग एवम् ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।