शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औं पटक रक्तदान

दैनिक नेपाल २०८१ वैशाख २२ गते १०:३६

काठमाडौं, २२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औं पटक रक्तदान गर्नुभएको छ । पार्टी निकट युवा संगठनले पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी बन्नुभएका अध्यक्ष लिङदेनले आफूले नियमित रक्तदानमा सहभागीता जनाउने गरेको उल्लेख गर्नुभयो ।

उहाँले रगत दिएर अरुको जिवन बचाउने जस्तो महत्वपूर्ण कार्यमा आफू रमाउने गरेको धारणा राख्नुभयो । रक्तदान गर्दै उहाँले भन्नुभयो, ‘म नियमित रक्तदाता हो । आज मेरो ८९ औं पटकको रक्तदान हो ।’

समय मिल्दा हरेक तीन महिनामा आफूले रक्तदान गर्दै आएको उल्लेख गर्दै उहाँले थप्नुभयो, ‘ रक्तदान जस्तो महत्वपूर्ण कार्यमा भाग लिन पनि पाउने र पार्टीका युवाहरुले यस्तो महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेका छन् । उनीहरुलाई हौसला र प्रोत्साहन गर्न आज यहाँ सहभागी भए ।’

प्रतिक्रिया
सम्बन्धित