शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

रास्वपाले पार्टी स्थापनादेखिकै समीक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

दैनिक नेपाल २०८१ वैशाख २२ गते ९:५१

काठमाडौं, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ को उपनिर्वाचनको पराजयपछि समग्र पार्टीको स्थापना कालदेखिकै समीक्षा गर्ने भएको छ ।

शुक्रबार बसेको सचिवालयको बैठकले पार्टीको समग्र समीक्षा गर्ने निर्णय गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिनुभएको छ ।

रास्वपाले महामन्त्री ढकाललाई समग्र समीक्षाको जिम्मेवारी दिँदै असार १ गते प्रतिवेदन तयार गरी सचिवालय बैठकमा पेश गर्न निर्देशन दिएको छ ।

महामन्त्री ढकालसहितको टोलीले जेठको दोस्रो सातादेखि पार्टीको अवस्था र सुधार गर्नुपर्ने विषय पहिल्याउन देशभर अध्ययन भ्रमण गरेर प्रतिवेदन बनाउने भएका छन् । महामन्त्री ढकालले पेश गरेको प्रतिवेदनका आधारमा पार्टीले नयाँ दिशा तय गर्ने भएको छ । साथै रास्वपाले वैशाख २९ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठकसमेत स्थगित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित