२८ असार २०८३, आइतबार

काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । काठमाडौं महानगरपालिकाले नगरवासीका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

महानगरले आज सूचना प्रकाशन गरी महानगरपालिकाभित्र स्थायी रुपमा बसोबास गरेकाहरुका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेकोले आवेदन माग गरेको हो ।

लोकसेवा तयारी गरिरहेका इच्छुक नागरिकले नागरिकताको प्रतिलिपि, स्थायी बसोबासको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसहित सात दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेश गर्न महानगरले आग्रह गरेको छ ।