२७ जेष्ठ २०८३, बुधबार

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा जारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । दुई दिन चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभयो ।

राष्ट्रिय सभागृहमा शुक्रबार महासंघको महाधिवेशन भइरहेको छ । महाधिवेशन अघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरीसमेत निकालेका थिए ।

महाधिवेशनमा उद्घाटन मन्तव्य राख्दै सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले महासंघको इतिहासमा महिला अध्यक्षले नेतृत्व नपाएको अवस्थामा महाधिवेशनले आउँने चुनावमा महिला नेतृत्वलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो ।

‘महासंघले अहिलेसम्मको इतिहासमा महिला नेतृत्व पाएको छैन् । अबको नेतृत्व सबैको सहमतिबाट महिला प्राप्त गरोस् ।’ अध्यक्ष तुम्खेवाले भन्नुभयो ।

शनिबारसम्म चल्ने महासंघको केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आएका छन् । केन्द्रीय महाधिवेशनमा महासंघका महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेश गरी छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।