
दोलखा, २१ वैशाख । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ ।
बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका-८ की ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डढेलोका कारण बस्तीका दुई घर जलेका छन् । साथै ४८ वटा पशु पनि आगलागीमा परेर मरेको रामेछाप प्रहरीले जनाएको छ।








प्रतिक्रिया