शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

दिनभरका TOP 15 NEWS : प्रचण्ड र ओलीबीच दुई घण्टा वार्ता, देशैभर डडेलोको कहर

दैनिक नेपाल २०८१ वैशाख २० गते २२:११

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उहाँहरूबीच सिंहदरबारमा दुई घण्टा लामो छलफल भएको हो ।

बिहान ११ः४० बजे सिंहदरबार पुग्नुभएका अध्यक्ष ओली दिउँसो १ः५३ बजे सिंहदरबारबाट बाहिरिनु भएको हो ।

सिंहदरबारबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो। प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो।’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

१. अधिवेशन आह्वान : राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यहि बैशाख २८ गते दिउँसो २ बजेका लागि संघीय संसदको बजेट अधिवेशन आह्वान ।

२. प्रचण्ड–ओलीबीच छलफल : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा दुईघण्टा लामो छलफल ।

३. सुशासनको लक्ष्यमा सरकार : सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ ।

४. सुकुम्बासीको पक्षमा ओली : मेयर बालेनप्रति संकेत गर्दै एमाले अध्यक्ष केपी ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं ।

५. भारतले काट्यो इन्टरनेट : नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई करिब ३ अर्ब रकम भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटियो, इन्टरनेट सेवामा समस्या ।

६. तयारी पूरा : वैशाख २३ गते नेपाल आउन लागेकी जापानकी विदेशमन्त्री कामीकावा योको भ्रमणको तयारी पूरा ।

७. पूर्वराजाको वर्षगाँठ : पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहले मनाए विवाहको ५५औँ वर्षगाँठ ।

८. डडेलोको कहर : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट, दर्जनौँ पशुचौपाया हताहत ।

९. काँग्रेसले प्रतिवाद गर्ने : नेपाली कांग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको कडा प्रतिवाद गर्ने ।

१०. दुईजनाको मृत्यु : पूर्वी चितवनको रत्ननगर नगरपालिकामा तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रीत भएर घरमा ठोक्किँदा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको मृत्यु ।

११. अधिकारी अध्यक्ष निर्वाचित : नेकपा (एमाले) बर्दियाको अध्यक्षमा सालिकराम अधिकारी विजयी ।

१२. चोर पक्राउ : वीरगञ्जको नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ ।

१३. प्रदूषित काठमाडौं : काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरको सूचीमा ।

१४. मृत्यु हुने थपिए : दक्षिणी चीनको गुआङ्गडोङ प्रान्तमा बुधबार बिहान राजमार्ग भासिँदा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ।

१५. लगातार हार : वेष्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार ।

प्रतिक्रिया
सम्बन्धित