शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

दैनिक नेपाल २०८१ वैशाख २० गते २१:१०

काठमाडौं, २० वैशाख । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. हेमराज पन्त नियुक्त हुनुभएको छ ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पन्तलाई उपकुलपति नियुक्त गर्नुभएको हो ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि प्रा.डा. हेमराज पन्त, प्रा.डा. अक्कलदेव मिश्र र प्रा.डा. भवानीदत्त जोशीको नाम सिफारिस गरेको थियो ।

योग्यताक्रमको आधारमा पन्तलाई उपकुलपतिमा नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । पन्त पुल्चोक इन्जिनियरिङ क्याम्पसको अप्लाइड साइन्स एन्ड केमिकल इन्जिनियरिङ विभागका विभागीय प्रमुख हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित