११ असार २०८३, बिहिबार

 ‘भेलु बाजे’को निधन 

33k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘भेलु बाजे’ नामले चर्चित प्यूठान नगरपालिका–४ का मीनबहादुर बुढामगरको निधन भएको छ ।

शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतको समस्या रहनुभएका बुढामगरको उपचारको क्रममा बिहीबार साँझ जिल्ला अस्पताल प्यूठानमा मृत्यु भएको हो ।

अत्यधिक मदिरा सेवनका कारण कमजोर बन्नुभएका उहाँको शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतका समस्या थिए ।

६१ वर्षीय बुढामगरले ‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले सामाजिक सञ्जालका माध्यमबाट ‘भाइरल’ हुनुभएको थियो ।

लोकप्रिय बन्दै गएपछि उहाँले केही हाँस्य टेलिशृंखलामा अभिनय र गीत गाउनेसमेत अवसर पाउनुभएको थियो ।