शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

कर्णालीमा डुबेर एक जना बेपत्ता

दैनिक नेपाल २०८१ वैशाख २० गते १८:५८

धनगढी, २० वैशाख । कर्णाली नदीमा एक जना बेपत्ता भएका छन् ।

कैलालीको मोहन्याल गाउँपालिका–७ का ५५ वर्षीय दिलबहादुर शाही कर्णाली नदीमा बेपत्ता हुनुभएको हो । नुहाउने क्रममा उहाँ बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, चिसापानीको टोलीले उहाँको खोजी सुरु गरेको छ । बिहीबार दिउँसो १२ बजेर ४० मिनेट तिर उहाँ नदीमा बेपत्ता हुनुभएको हो । उहाँ चिसापानी पुलदेखि ७ किलोमिटर उत्तर क्षेत्रको कर्णाली नदीमा बेपत्ता भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित