शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

वेस्ट इन्डिज ‘ए’ सँग नेपालको लगातार तेस्रो हार

दैनिक नेपाल २०८१ वैशाख २० गते १५:५७

काठमाडौं, २० बैशाख । नेपाल वेस्ट इन्डिज ‘ए’ सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ‘ए’ ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुदै १८१ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ८२ रन बनाए भने सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले १९/१९ रन बनाउनु भएको थियो । त्यस्तै अविनाश बोहोराले अविजित १७ र सोमपाल कामीले १० रन बनाउनुभयो ।

त्यस्तै वेस्ट इन्डिज ‘ए’ का बलर माथ्युज फोर्डले ३ विकेट लिनुभयो भने फाबियन एलेन, गुडाकेश मोती र हेडेन वाल्शले २/२ विकेट लिनुभएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो ।

वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्बाधिक अविजित ८४ रन बनाएका थिए भने जोन्सन चार्लेजले ५८ रन बनाउनुभएको थियो । त्यसैगरी फाबियन एलेनले ३३ रन बनाउनुभयो । त्यस्तै नेपाली बलर कुशल भुर्तेलले २ विकेट लिनुभयो भने प्रतिस जिसीले एक विकेट लिनुभयो ।

यो जितसँगै वेस्ट इन्डिज ‘ए’ ले ५ खेलको सिरिज एक खेल अघि नै ३१ ले जितेको छ । अब सिरिजको अन्तिम खेल आगामी शनिबार हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित