
काठमाडौं, २० वैशाख । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर बुधबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसामा कारोबार भइरहेको छ ।
त्यस्तै, आज युरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७७ पैसामा झरेको । बुधबार युरो एकको खरिददर १४२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४७ पैसामा कारोबार हुँदा मंगलबार युरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा पुगेको थियो । युरो लगातार घट्दै आएको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ २० पैसा र बिक्रीदर १६६ रुपैयाँ ९५ पैसा रहेको छ । बुधबार पाउण्ड एकको खरिददर १७६ रुपैयाँ १० पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसामा कारोबार भएकोमा मंगलबार पाउण्डको खरिददर १७६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो ।
आज कतारी रियालको खरिददर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।








प्रतिक्रिया