१६ असार २०८३, मंगलबार

सन्दीपले खुलासा गरे आफूमाथि भएको षड्यन्त्र

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ बैशाख । बलात्कार आरोप खेपिरहनुभएका क्रिकेट सन्दीप लामिछानेले आफूमाथि षड्यन्त्र भएको बताउनुभएको छ ।

आरोप लागेर मुद्वा खेपेको लामो समयसम्म खासै केहि पनि नबोल्नुभएका सन्दीपले आज सामाजिक सञ्जालमार्फत आफूमाथि षड्यन्त्र भएको बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘मैले लामो समय पोस्ट गर्नबाट आफूलाई टाढा राखें । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ’, ।

सन्दीप बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर हुनुभएको छ । जिल्ला अदालतको फैसलाविरूद्व उहाँले उच्च अदालतमा पुनरावेदन गर्नुभएको छ । तर विभिन्न कारण देखाउँदै सुनुवाई हुन सकेको छैन ।