३२ असार २०८३, बिहिबार

भाजपाको निम्तोमा एमाले उपमहासचिव रिमाल भारत प्रस्थान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ बैशाख । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल भारत प्रस्थान गर्नुभएको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा उहाँ भारत जानुभएको हो ।

भारतमा जारी लोकसभा निर्वाचनका क्रममा भाजपाले आफ्नो चुनावी अभियान अवलोकन गराउन एमालेसहित विभिन्न देशका १८ वटा राजनीतिक पार्टीलाई दिल्लीमा निम्तो दिएको हो ।

भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ (know BJP) अर्थात भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरुलाई दिल्लीमा स्वागत गर्न लागिएको भाजपाका विदेश विभाग इन्चार्ज डा.बिजय चौथाइवालेले जानकारी दिनुभएको छ ।

नेपालबाट यस कार्यक्रमका लागि नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्ता गरिएको छ ।

जनमा एमालेबाट उपमहासचिव रिमाल, कांग्रेसका उदय शमसेर जबरा, माओवादी केन्द्रका नेता मात्रिका यादव, रास्वपाका शिशिर खनाल र जनमत पार्टीबाट डा.जयकान्त राउत कार्यक्रममा सहभागी हुनुहुनेछ ।

यसक्रममा भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि अन्तरक्रिया गर्ने पनि जानकारी दिइएको छ ।