
काठमाडौं, १९ बैशाख । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका फरार रहेका मुख्य अभियुक्त जीवी राईको हत्या गर्नुभएको भन्दै भ्रामक अन्तरवार्ता दिएका डिल्लीराम खनाल पक्राउ परेका छन् ।
सामाजिक सञ्जालको माध्यमबाट आम जनमानसमा भ्रम फैलाउने उद्देश्यले जथाभाबी अन्तरवार्ता दिएको भन्दै प्रहरीले झापाको दमक नगरपालिका वडा नं.५ घर भई काठमाडौं महानगरपालिका वडा नं-३२ गैह्री गाउँ बस्ने ४६ वर्षीय खनाललाई आज पक्राउ गरेको हो ।
जीवी राईको हत्या भएको र सो हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भनी उनले युट्युब च्यानलमा अन्तर्वार्ता दिएका थिए ।
जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद लिइ थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया