३१ जेष्ठ २०८३, आइतबार

२७ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

14.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २७ सयले घटेर १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मस्ल्य तोलाको १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको १६ सय ५० मा कारोबार भएको थियो ।