बुधबार, ९ जेठ २०८१
DainikNepal.com
बुधबार, ९ जेठ २०८१

लगनखेल बसपार्कलाई व्यवस्थित बनाउन छलफल सुरु

दैनिक नेपाल २०८१ वैशाख १९ गते १०:४४

ललितपुर, १९ वैशाख । ललितपुर महानगरपालिकाले लगनखेल बसपार्कलाई पुनः बस स्ट्याण्डमा परिणत गर्न छलफल सुरु गरेको छ ।

महानगरमा आयोजित छलफल कार्यक्रममा नगरप्रमुख चिरीबाबु महर्जनले महानगरलाई बसपार्क देखेर लाज लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरको अरु ठाउँ र त्यो ठाउँ तुलना गर्न मिल्दैन, त्यहाँको अवस्था देखेर महानगरलाई लाज लागेको छ ।’ शहरीकरणका कारण त्यो ठाउँमा बसपार्क राखिएको बताउँदै उहाँले मच्छिन्द्रनाथको रथ घुमाउन राखिएको खुल्ला ठाउँ भएको नगर प्रमुखले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘त्यो ठाउँ अस्तव्यस्त भएकाले क्रिटिसिजम भइरहेको छ, यो सुधार गर्न अत्याश्यक छ । यो वास्तवमा बसपार्क होइन, रथ घुमाउन राखिएको खुला ठाउँ हो ।’

उपप्रमख मञ्जली शाक्य बज्राचार्यले बसपार्क व्यवस्थित र फुटपाथ व्यवस्थापनको विषयलाई एकैसाथ सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘फुटपाथ र पार्क व्वस्थापनलाई छुट्याएर काम गर्दा समस्या समाधान हुन सक्दैन ।’

कार्यक्रममा नगर प्रहरी प्रमुख सिताराम हाछेथुले कार्यक्रममा प्रस्तुत गरेको लगनखेल बसपार्क व्यवस्थापनसम्बन्धी प्रस्तुतिमा लगनखेल बसपार्कमा चापागाउँ, कीर्तिपुर, भक्तपुर लगायतका ठाउँमा आउने बसलाई स्ट्याण्डको रुपमा मात्रै राख्ने उल्लेख छ ।

नगरप्रमुख चिरीबाबु महर्जनले अन्य पालिका र अन्य सरोकारवालासँग पनि छलफल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम्बन्धित पालिकामा नै सवारी साधन क्यूमा राख्ने, यहाँ एक दुईवटा मात्रै राख्ने व्यवस्था भए , यहाँ सहज हुन्छ , यो विषयमा छलफल गर्नपनि सबै पालिकासँग छलफल गर्नुपर्छ ।’

ललितपुरका सहायक जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बसपार्क बस स्ट्याण्डमा बदल्नु अघि व्यवसायी र जनसमुदायलाई पर्याप्त सूचना दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित