१३ असार २०८३, शनिबार

अस्ट्रेलियाको टी-२० विश्वकप टिमको घोषणा, को को परे ?

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, १९ वैशाख । अस्ट्रेलियाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि अस्ट्रेलियाले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

अस्ट्रेलियाले आफ्नो विश्वकप टिममा भेट्रान खेलाडी स्टिभ स्मिथ, हाल आइपीएलमा शानदार प्रदर्शन गरिरहेका युवा खेलाडी जेक फ्रासर म्याकग्रुकलगायतलाई टिममा समावेश गरेको छैन् ।

अस्ट्रेलियाको विश्वकप टिममा मिचेल मार्श (कप्तान), एस्टन अगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इन्ग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर र एडम जाम्पा रहेका छन् ।

यस विश्वकपमा अस्ट्रेलिया समूह ‘बी’ मा रहेको छ । यस समुहमा अस्ट्रेलियासहित इङल्याण्ड, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन् । अस्ट्रेलियाले विश्वकपमा आफ्नो पहिलो खेल जुन ५ मा ओमानविरुद्ध खेल्ने तालिका रहेको छ ।