१९ असार २०८३, शुक्रबार

श्रम नै जीवन र विश्वास : अध्यक्ष ओली

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रमलाई नै जीवन मानेर श्रम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिनुहुँदै अध्यक्ष ओलीले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पूजा र श्रम नै प्रसाद भएको उल्लेख गर्नुभएको छ ।

‘श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पूजा, श्रम नै प्रसाद । श्रमिक दिवसको सबैलाई शुभकामना !!’ अध्यक्ष ओलीले फेसबुकमा लेख्नुभएको छ ।

नेपालमा विभिन्न मजदुर संघसंगठनहरूले विभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै छन् । दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।