मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

दैनिक नेपाल २०८१ वैशाख १९ गते ६:५४

काठमाडौं, १९ वैशाख । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । मंगलबार डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा रहेकोमा सोमबार भने खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, आज युरो एकको खरिददर १४२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४७ पैसामा झरेको छ । मंगलबार युरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिददर १७६ रुपैयाँ १० पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा पुगेको छ । मंगलबार बेलायती पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८३ पैसामा कारोबार भएको हो ।

आज कतारी रियालको खरिददर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित