बुधबार, ९ जेठ २०८१
DainikNepal.com
बुधबार, ९ जेठ २०८१

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

दैनिक नेपाल २०८१ वैशाख १९ गते ६:४८

काठमाडौं, १९ वैशाख । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज हुँदैछ ।

५ खेलको टी-२० सिरिजको तेस्रो खेल आज टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराहन्न १२ः१५ बजेदेखि सुरु हुनेछ ।

यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ‘ए’ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित हासिल गरेको थियो ।

यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । टी-२० विश्वकपको टिम छनौट गर्न यस सिरिजलाई नेपालले अभ्यास खेलको रुपमा लिएको छ ।

नेपालले टी-२० विश्वकपको टिम सम्भवतः आजै सार्वजनिक गर्दै छ । आज टी-२० विश्वकपको टिम सार्वजनिक गर्न आइसीसीले दिएको डेडलाइनको अन्तिम दिन हो ।

नेपाली टिममा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, विवेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ‘ए’ टिममा रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।

नेपालले सिरिजको चौथोँ खेल मे २ मा र पाँचौँ खेल मे ४ मा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित