१० असार २०८३, बुधबार

टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । भारतले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ ।

मंगलबार रोहित शर्माको कप्तानीमा भारतले १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो । सार्वजनिक टोलीमा हार्दिक पाण्ड्यालाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

टोलीमा उदयमान खेलाडीहरु यशस्वी जैसवाल, शुभमन गिल र अक्षर पटेललेसमेत स्थान पाएका छन् ।

बीसीसीआईले बेवास्ता गरेका भनिएका अनुभवी स्पिनर युजवेन्द्र चहलले अन्ततः टोलीमा स्थान पाएका छन् ।

विकेट किपरको स्थान ऋषभ पन्त र सञ्जु सैमसनले लिएका छन् भने केएल राहुललाई आउट गरिएको छ । तर, शुभमन गिल, रिंकु सिंह, आवेश खान र खलील अहमदलाई रिजर्भमा राखिएको छ ।

टोलीमा तेज बलर अर्शदीप सिंह र मोहम्मद सिराजलाई पनि राखिएको छ ।

यस्तो छ विश्वकप खेल्ने भारतीय टोली : रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेट किपर), सञ्जु सैमसन (विकेट किपर), शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज ।
रिजर्व खेलाडी : शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान ।