
इलाम, १८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सीप एमालेसँग मात्र भएको बताउनुभएको छ । देशलाई समृद्ध बनाउन सक्ने शक्ति एमालेसँग भएकाले अर्थनीति, सुशासनको नीति, विकासको नीतिजस्ता हरेक क्षेत्रका नीति एमालेसँग रहेको बताउनुभएको हो ।
इलाममा आयोजित विजयी सभालाई आज सम्बोधन गर्नुहुँदै उहाँले एमाले सय वर्षको हुँदासम्म हरेक क्षेत्रमा नेपाल समृद्ध भइसक्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले पहिचानको मुद्दा उठिरहेको सन्दर्भमा पहिलो पहिचान नेपाली भएको धारणा व्यक्त गर्नुभयो । एउटा जात र व्यक्तिको पहिचानले सबै कुरा समेट्न नसकिने अध्यक्ष ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले चुनावअघि इलामको विकासको जिम्मा लिने प्रतिबद्धता जनाएको आफूलाई स्मरण रहेको र त्यो पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले इलाम–२ को उपनिर्वाचन सम्पन्न गर्न लाग्नुभएका इलामेली जनता, सुरक्षा निकाय, निर्वाचन आयोग, कर्मचारी, सञ्चारकर्मीलगायत सबैलाई धन्यवाद दिनुभयो ।








प्रतिक्रिया