बुधबार, ९ जेठ २०८१
DainikNepal.com
बुधबार, ९ जेठ २०८१

टीका मन्त्री बन्दा मध्यराति रेशम फायर, ब्याक टू ब्याक स्टाटस्

दैनिक नेपाल २०८१ वैशाख १८ गते २२:३३

धनगढी, १८ बैशाख । सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टीकी सासंद टीका थापा मन्त्री बन्दा रेशम चौधरी आक्रोशित बन्नुभएको छ ।

उहाँले समाजिक सञ्जालमार्फत आक्रोश पोख्नुभएको हो । उहाँले निरन्तर लगातार सामाजिक सञ्जातमार्फत पार्टी अध्यक्षसमेत रहनुभएकी श्रीमती रञ्जिता श्रेष्ठप्रति आक्रोश पोख्नुभएको छ।

उहाँले सम्बन्ध सकिएको समेत लेख्नुभएको छ । जसले गर्दा रेशमले रञ्जितासँगको सम्बन्ध टुटाउन खोज्नुभएको हो कि भन्ने आशंकासमेत गरिएको छ । ‘सम्बन्ध सबै समाप्त । बिश्वास माथिको अघात । यो भन्दा अपराध अरु केही हुन सक्दैन’- उहाँले लेख्नुभएको छ ।

यस्तै, उहाँले आफू पहिचानको आन्दोलनलाई विस्थापित गर्न नसक्ने भन्दै जसलाई जहाँ फाईदा हुन्छ उतै लाग्न भन्नुभएको छ । उहाँले लेख्नुभएको छ- ‘जसलाई जहाँ फाईदा हुन्छ उतै लाग्नुस् तर म पहिचानको आन्दोलनलाई बिस्थापित गर्न सक्दैन ।’

यस्तै, अर्को स्टाट्समा उहाँले भन्नुभएको छ- आजको यही दिन देख्नको लागि म आठ बर्ष जेल बसेको रहेछुँ । मेरो श्री सम्पतिमा आगो लागेको सहें, तीन बर्ष प्रवास सहें । जेल नेल सहें । आरोप प्रत्यारोप सहें । अब सहन के नै बाँकी छ र ? कोही सांसद बने, कोही मेयर बने, कोही मन्त्री बने । म के बनें ? संघर्ष गर्न सिकेकै छु। गर्नुस्, विजय बन्नुस्।’

कतिपयले भने रेशमले राति रक्सी पिएर लेख्ने गरेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित