३ श्रावण २०८३, आइतबार

डिजेल र मट्टितेलको मूल्य घट्यो

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ बैशाख । डिजेल र मट्टितेलको मूल्य घटेको छ ।

आज बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

यस्तै, हवाई इन्धनको मूल्य भने बढेको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ७ ले बढेको हो । पेट्रोल र एल. पि. ग्यासको मूल्य भने यथावत छ ।

नयाँ मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुनेछ ।