शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिबाट थापा मन्त्रीमा नियुक्त

दैनिक नेपाल २०८१ वैशाख १८ गते १३:०४

धनगढी, १८ बैशाख । सुदूरपश्चिम सरकार विस्तार भएको छ ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभएको छ । आजै १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ।

वैशाख ६ गते मुख्यमन्त्रीमा सोडारी नियुक्त हुनुभएको थियो । सोही दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई नियुक्त गर्नु भएको थियो ।

आज बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ।

प्रतिक्रिया
सम्बन्धित