३१ जेष्ठ २०८३, आइतबार

दुर्गा प्रसाईँको हतियार इजाजत दिन मिल्ने खालको नदेखिएको छानबिन समितिको निष्कर्ष

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ बैशाख । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका बडिगार्डबाट बरामद गरिएको हतियारलाई इजाजत दिन नमिल्ने छानबिन समितिले निष्कर्ष निकालेको छ ।

आज समितिले गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाइएको हो । समितिले दिन नहुने हतियारको इजाजत प्रसाईंलाई दिइएको भन्दै संलग्न सरकारी कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस पनि गरेको छ।

प्रतिवेदनमा व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानुनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरिएको छ।

प्रसाईंका बडिगार्ड सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका थिए । तर, दिनै नमिल्ने हतियारको इजाजत झापा जिल्ला प्रशासनले जारी गरेको पाइएपछि गृह मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।