बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

सर्वोच्च अदालतले सिधाकुरा टीमलाई बयानका लागि बोलायो

दैनिक नेपाल २०८१ वैशाख १७ गते १८:१०

काठमाडौं, १७ बैशाख । सर्वोच्च अदालतले सिधाकुरा डटकमको टीमलाई बयानका लागि बोलाएको छ ।

सिधाकुरा विरूद्वको अदालतको अवहेलना मुद्वामा न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सिधाकुरा टीमलाई बयानका लागि बोलाउन आदेश दिएको हो ।

सिधाकुराले ‘द डार्क फाइल’ शीर्षक दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’ रोक्न भएको सेटिङबारेको अडिओ सार्वजनिक गरेको थियो ।

सार्वजनिक अडिओमा सर्वोच्च अदालतका न्यायाधीसहरू, मिडिया मालिकहरू मिलेको दावी गरिएको थियो ।

सिधाकुराले अडिओ र समाचार प्रकाशित गरेपछि सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले आइतबार अदालतको अवहेलना मुद्वा दायर गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित