१ श्रावण २०८३, शुक्रबार

इलाममा सुहाङले १६ हजार मत कटाउँदा अरूले कति पाए ? (अपडेट)

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १७ बैशाख । इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनको मतगणना अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो फराकिलो अग्रता कायमै राख्नुभएको छ ।

पछिल्लो मत परिणामअनुसार उहाँले १६ हजार २ सय १९ मत पाउनुभएको छ । उहाँलाई पछ्याइरहनुभएका नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १० हजार ५ सय ५७ मत पाउनुभएको छ ।

सुहाङ र डम्बरबीचको मतान्तर ५ हजार ६ सय ६२ छ । यस्तै, तेस्रो स्थानमा रहनुभएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ८ सय २५ मत पाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू चौथो स्थानमा हुनुहुन्छ ।