बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

डलर स्थिर, पाउण्ड र युरोको भाउ घट्यो

दैनिक नेपाल २०८१ वैशाख १७ गते ७:२०

काठमाडौं, १७ वैशाख । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । डलरको मूल्य शनिबारदेखि स्थिर छ ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ २८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९३ पैसामा झरेको छ । आइतबार युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४१ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १९ पैसा र बिक्री दर १६६ रुपैयाँ ९४ पैसा रहेको छ । आइतबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५१ पैसा र बिक्री दर १६७ रुपैयाँ २६ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित