सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

इलाम-२ मा सुहाङलाई एक हजार बढी मतको अग्रता

दैनिक नेपाल २०८१ वैशाख १६ गते २१:३०

इलाम, १६ बैशाख । इलाम–२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लैजानुभएको छ ।

उहाँले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लैजानुभएको हो । हालसम्मको मतगणनामा सुहाङले ३ तीन हजार ७ सय ८३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार ७ सय ८२ मत ल्याएका छन्। नेम्वाङ एक हजार एक मतले अघि रहनुभएको छ ।

स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ७ सय ८४ मत पाउनुभएको छ । रास्वपाका मिलन लिम्बूले ५ सय ६१ मत ल्याउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित