आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

इलाम-२ मा एमालेको अग्रता कायमै

दैनिक नेपाल २०८१ वैशाख १६ गते २०:५९

इलाम, १६ वैशाख । इलाम-२ को मतगणना जारी रहेको छ । हालसम्म यहाँको फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै रहेको छ ।

एमालेका नेम्वाङले ३ हजार ७८३ मत प्राप्त गर्दै अग्रता फराकिलो बनाउँनुभएको छ भने नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार ७८२ मत प्राप्त गर्दै नेम्वाङलाई पछ्याउँदै हुनुहुन्छ ।

यसैगरी, यहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७८४ मत प्राप्त गर्दा र रास्वपाका मिलन लिम्बूले ५६१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित