सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

इलाम-२ : एमालेका सुहाङको अग्रता फराकिलो बन्दै (अपडेट)

दैनिक नेपाल २०८१ वैशाख १६ गते २०:३३

इलाम, १६ वैशाख । इलाम-२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता फराकिलो बन्दै गएको छ ।

हालसम्मको मतगणनामा उहाँले ३ हजार २४९ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार ४६९ मत पाउँनुभएको छ । नेम्वाङ ७८० मतले अघि रहनुभएको छ ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ६९६ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले ४३४ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित