सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारीसम्बन्धी सम्झौता

दैनिक नेपाल २०८१ वैशाख १६ गते १९:१०

काठमाडौं, १६ वैशाख । नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी काठमाडौंमा आज आयोजित संछिप्त समारोहमा दुवै पक्षबीच सम्झौता भएको हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।

मुलुक आर्थिक संकटको दौरबाट गुज्रिरहेको अवस्थामा नयाँ–नयाँ उद्योग व्यवसाय गर्नेलाई प्रोत्साहन गर्न तथा लगानीको स्रोत पुर्‍याउन आवश्यक रहेको र यस्तो अवस्थामा लगानी पुर्‍याउन लगानी हबले सहयोग गर्ने तथा लगानी पूर्व र लगानी पश्चातको विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने गरी सम्झौता भएको बताइएको छ ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी सेवा दिने कम्पनी हो ।

त्यसैगरी, लगानी हब प्रा.लि. लगानीको नयाँ–नयाँ क्षेत्रको पहिचान गर्ने र ती व्यवसायमा लगानीको स्रोत पुर्‍याउने गरी स्थापित कम्पनी हो ।

नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी मन्दिर रोडमा र लगानी हबको कर्पोरेट कार्यालय कमलपोखरीमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित