३० आश्विन २०८३, शुक्रबार

इलाम-२ : डम्बरलाई उछिन्दै सुहाङ पहिलो स्थानमा, मिलन फेरि चौथो

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १६ बैशाख । इलाम क्षेत्र नम्बर-२ मा नेकपा एमालेका सुहाङ नेम्वाङले नेपाली काँग्रेसका डम्बर खड्कालाई उछिन्दै शीर्ष स्थानमा पुग्नुभएको छ ।

फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २ र ३ र ४ को मतगणना सकिँदा सुहाङले २५४२ मत ल्याउँदै आफूलाई शीर्ष स्थानमा पुर्याउनुभएको हो ।

दोस्रो स्थानमा धेकेलिनु भएका कांग्रेसका खड्काले २१९७ मत पाउनुभएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५९३ मत पाउनुभएको छ ।

यसअघि तेस्रो स्थानमा उक्लिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु फेरि चौथो स्थानमा झर्नुभएको छ । उहाँले ३७९ मत पाउनुभएको छ ।