सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

पदमको नयाँ गीतमा किरण र एलिसाको प्रेम

दैनिक नेपाल २०८१ वैशाख १६ गते १८:३५

काठमाडौं, १६ वैशाख । गायक पदम भट्टराईको नयाँ गीत ‘कालो कपाल रातो रिबन’ सार्वजनिक गरिएको छ ।

शनिबार गायक भट्टराई स्वयंको युट्युब च्यानलमा सार्वजनिक गीतमा उहाँलाई रेश्मा पुनले गायनमा साथ दिनुभएको छ ।

राम अविरल विष्टको शब्द रचना रहेको गीतमा एसडी योगीको संगीत छ । रिकेश गुरुङ गीतका एरेञ्जर हुनुहुन्छ ।

गीतको भिडियोमा भने अभिनेता किरण श्रेष्ठ र अभिनेत्री तथा मोडल एलिसा शर्मा प्रस्तुत हुनुहुन्छ । गीतले उहाँहरुको प्रेमभाव बोल्छ । एलिसाको रातो रिबनमा किरणको मन अल्झिएको बयान गीतले गर्छ । भिडियोमा उहाँहरुको नृत्य छरितो देखिन्छ । गायक भट्टराई स्वयंम पनि भिडियोमा प्रस्तुत हुनुहुन्छ ।

युमी बालामीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा पिटर गुरुङको छायांकन तथा विष्णुहरी तिमल्सिनाको सम्पादन छ ।

गायक भट्टराईले गीतको अडियो र भिडियो दुवै बलियो रहेकाले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गर्नुभएको छ । यसअघि उहाँले ‘झरी झरी’, ‘कहीँ कतै तिम्रो’, ‘बेबी चढ्यो रे’ जस्ता गीत सार्वजनिक गरिसक्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित