सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

राष्ट्रिय सभा सदस्य शाक्यले लिइन् शपथ

दैनिक नेपाल २०८१ वैशाख १६ गते १७:३३

काठमाडौं, १६ बैशाख । राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आइतबार उहाँलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराउनुभएको हो ।

मनोनीत कोटाका लागि सरकारले उहाँको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो । शाक्यलाई राष्ट्रपति पौडेलले गत चैत ६ गते राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभउको हो ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित