१५ असार २०८३, सोमबार

राष्ट्रिय सभा सदस्य शाक्यले लिइन् शपथ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ बैशाख । राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आइतबार उहाँलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराउनुभएको हो ।

मनोनीत कोटाका लागि सरकारले उहाँको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो । शाक्यलाई राष्ट्रपति पौडेलले गत चैत ६ गते राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभउको हो ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।