आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

इलाम-२ : फाकफोकथुमको तीनवटा वडाको गणना सकियो, कसले कति मत पाए ? (अपडेट)

दैनिक नेपाल २०८१ वैशाख १६ गते १७:१३

इलाम, १६ बैशाख । इलाम क्षेत्र नम्बर-२ को मतगणना जारी छ । जसअन्तर्गत अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीनवटा वडाको गणना सकिएको छ ।

वडा नम्बर १, २ र ३ नम्बर वडाको ४१८१ मत गणना हुँदा काँग्रेसका डम्बर खड्काले अग्रता कायमै राख्नुभएको छ । खड्काले १६४३ मत पाउनु भएको छ ।

उहाँलाई नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १६०१ मतसहित पछ्याइरहनुभएको छ ।

यस्तै, तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम हुनुहुन्छ । उहाँले ४३७ मत पाउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु ३०५ मतसहित चौथो स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित